Sagun Khabar
डोटीको एक घरमा आगलागी, झण्डै ३ लाखको क्षति 
स्वास्थ्य सन्देश
Atrya hospital

डोटी –डोटीको एक घरमा आगलागी हुँदा झण्डै ३ लाख बराबरको क्षति भएको छ । जिल्लाको केआइसिंह गाउँपालिका १ लोलीस्थित जोगेनी विकको घरमा आगलागी हुँदा २ लाख ९४ हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ । 

मंगलबार दिउँसो घरभित्र चुलोमा बालेको आगो सल्किँदा विकको खरले छाएको २ तले घर र घरभित्र रहेका अन्नपात, लत्ताकपडा जलेर नष्ट भएका छन् । 

घटनाका बिषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ । 

प्रकाशित मिति: बुधबार, चैत १४, २०८०  ०७:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update