Sagun Khabar
आईपीएल क्रिकेटमा हैदरावादले मुम्बईलाई हरायो

काठमाण्डौ – इन्डियन प्रिमियर लिग, आईपीएल क्रिकेटमा सनराइजर्स हैदरावादले मुम्बई इन्डियन्सलाई हराएको छ । विभिन्न कीर्तिमान बनेको खेलमा हैदराबादले मुम्बईलाई ३१ रनले हराएको हो । हैदरावादले दिएको २ सय ७८ रनको कीर्तिमानी लक्ष्य पछ्याएको मुम्बईले २० ओभरमा ५ विकेट गुमाएर २ सय ४६ रन बनायो ।  मुम्बईका तिलक वर्माले सर्वाधिक ६४ रन बनाए ।

यस्तै टिम डेभिडले ४२, ईशान किसनले ३४, नमन धिरले ३० र रोहित शर्माले २६ रन बनाए । हैदरावादका जयदेव उनादकट र प्याट कमिन्सले समान २÷२ विकेट लिए । यसअघि घरेलु मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको हैदराबादले २० ओभरमा ३ विकेट गुमाएर २ सय ७७ रन बनायो ।

स्वास्थ्य सन्देश
Atrya hospital

आईपीएल क्रिकेटमा यो अहिलेसम्मकै धेरै रन हो । यसअघि रोयल च्यालेन्जर्स बैंगलोरले २०१३ मा पुने वारियर्स इन्डियासँग बनाएको २ सय ६३ रनको कीर्तिमान पनि हिजो हैदरावादले तोेडेको छ । दुवै इनिङ्समा गरेर हिजो ५ सय २३ रन बनेको छ, यो पनि अर्को कीर्तिमान हो ।

हिजो हैदरावादका लागि हेनरिक क्लासेनले ३४ बलमा ४ चौका र ७ छक्का सहित सर्वाधिक ८० रन बनाए । यस्तै अभिषेक शर्माले ६३ र ट्रेभिस हेडले ६२ रन बनाए । यो आईपीएलमा हैदरावादको पहिलो जित हो भने मुम्बईको लगातार दोस्रो हार हो । आज राजस्थान रोयल्स र दिल्ली क्यापिटल्सले खेल्दैछन् ।
 

प्रकाशित मिति: बिहीबार, चैत १५, २०८०  ०७:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update