Sagun Khabar
आँफैले काटेको रुखमा च्यापिएर एक बालकको मृत्यु 
स्वास्थ्य सन्देश
Atrya hospital

डोटी–डोटीमा आँफैले काटेको रुखमा च्यापिएर एक बालकको मृत्यु भएको छ । 

दाउराका लागि बाँझको रुख काट्ने क्रममा सोही रुखमुनि च्यापिएर सायल गाउँपालिका–२ खड्गडाका १४ वर्षीय तिलक बोहराको मृत्यु भएको हो । 

रुखले च्यापिएर गम्भीर घाइते भएका तिलकको डोटी जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब निरीक्षक नारायणसिंह नेगीले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 

प्रकाशित मिति: शनिबार, चैत १७, २०८०  १८:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update