Sagun Khabar
डोटीमा ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा श्रीमानको मृत्यु, श्रीमती घाइते
स्वास्थ्य सन्देश
Atrya hospital

डोटी–  डोटीको जोरायल गाउँपालिका–२ बुडरमा ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा श्रीमानको मृत्यु भएको छ भने श्रीमती घाइते भएका छन् । ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा सवार कैलालीबाट डडेल्धुरा आउदै गरेका जानकी गाउँपालिका कटासेका ३६ वर्षीय रमेश विकको मृत्यु भएको भएको भने उनकी श्रीमती लक्ष्मी विक घाइते भएकी छिन्।

बुधवार बिहान भीमदत्त राजमार्ग अन्तरगत डडेल्धुराबाट धनगढीतर्फ आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०४–००१ ख ००१२ नम्बरको तेल बोक्ने खालि ट्याङ्करले सुदूरपश्चिम प्रदेश ०१–०११ प ५२१९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

दुर्घटनामा घाइते भएका दुवै श्रीमानश्रमतीलाई उपचारका लागि धनगढीस्थित माया मेट्रो अस्पतालमा पुर्याइएकोमा उपचारमा क्रममा रमेशको मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। दुर्घटनामा घाइते लक्ष्मीको माया मेट्रो अस्पतालमै उपचार भइरहेको छ।

प्रकाशित मिति: बुधबार, वैशाख १२, २०८१  १५:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update