Sagun Khabar
सेती नदीमा  डुबेर एकजना बेपत्ता
स्वास्थ्य सन्देश
Atrya hospital

डोटी– सेती नदीमा नुहाउने क्रममा एकजना डुबेर बेपत्ता भएका छन् । जिल्लाको शिखर नगरपालिका–८ लुवाखडीनजिकै नदीमा कैलालीको धनगढी उपमहानगरपालिका–३ मायामेट्रो अस्पताल पछाडि बस्ने करिब ४० वर्षीय नरबहादुर तामाङ डुबेको डोटी प्रहरीले बताएको छ ।

उनी सुदूरपश्चिम प्रदेश ०१ ००१ ज १५३४ नम्बरको अल्टो कार लिएर धनगढीबाट अछामतर्फ जाँदै थिए । कार सडक किनारमा रोकी उनी नुहाउन गएको प्रहरी नायव निरीक्षक नारायणसिंह नेगीले बताए । उनका अनुसार तामाङ बेपत्ता भएको सूचना सोही कारमा सँगै रहेका रेवन्त अधिकारीले दिएका थिए ।

प्रकाशित मिति: सोमबार, वैशाख १७, २०८१  १६:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update