Sagun Khabar
बैतडीमा एक किशोरी मृत फेला 
स्वास्थ्य सन्देश
Atrya hospital

बैतडी –बैतडीमा एक किशोरी मृत फेला परेकी छन् । जिल्लाको पञ्चेश्वर गाउँपालिका–४ पोखरीकी १९ बर्षीया रेश्मा कुमारी धामी मृत फेला परेकी हुन् । 

आफ्नै घरको भित्र कोठामा झुण्डिएको अवस्थामा बुधबार दिउँसो १२ बजेतिर धामीको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक नन्दराज जोशीले जानकारी दिए । 

जवलपुर मावि सैलोडामा कक्षा १२ मा अध्ययनरत धामीले किन आत्महत्या गरिन् भन्ने बिषय खुलेको छैन् । घटनाको थप अनुसन्धानका लागि प्रहरी निरीक्षक जोशी नेतृत्वको टोली घटनास्थलमा खटिएको छ । 
 

प्रकाशित मिति: बुधबार, वैशाख २६, २०८१  १९:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update