Sagun Khabar
बैतडीमा छिमेकीको कुटपिटबाट एक महिला घाइते 

बैतडी –बैतडीमा छिमेकीको कुटपिटबाट एक महिला घाइते भएकी छन् । जिल्लाको दोगडाकेदार गाउँपालिका–२ की ३२ बर्षीया डम्मरा कार्कीलाई सोही ठाउँ बस्ने २८ बर्षीया अस्मिता चन्दले कुटपिट गरी घाइते बनाएकी हुन् । 

सामान्य घरायसी विवादमा चन्दले शनिबार कार्कीलाई दाउराले हिर्काएर घाइते बनाएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक नन्दराज जोशीले जानकारी दिए । घाइते कार्कीको घाँटी र टाउकोमा चोट रहेको छ । 

Atrya hospital

जिल्ला अस्पताल बैतडीमा सामान्य उपचारपछि कार्कीलाई थप उपचारका लागि हिजो राति नै डडेल्धुरा रेफर गरिएको र उनको डडेल्धुरामा उपचार भइरहेको प्रहरी निरीक्षक जोशीले बताए । 

घटनाका बिषयमा थप अनुसन्धान भइरहेको छ । दुवै पक्षलाई बोलाएर घटनाका बिषयमा जानकारी लिने काम भइरहेको प्रहरी निरीक्षक जोशीले बताए ।  
 

प्रकाशित मिति: आइतबार, वैशाख ३०, २०८१  ०९:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update