Sagun Khabar
भारतको प्रधानमन्त्रीमा मोदी नियुक्त 

भारतको प्रधानमन्त्रीमा नरेन्द्र मोदी नियुक्त भएका छन् । राष्ट्रपति द्रौपदी मुर्मूले शुक्रबार साँझ एनडीए संसदीय दलका नेता मोदीलाई प्रधानमन्त्री नियुक्त गरेकी हुन् ।

शुक्रबार बिहान बसेको एनडीए सांसदहरूको बैठकले मोदीलाई दलको नेता चयन गरेको थियो ।

Atrya hospital

एनडीएका नेताहरूले संसदीय दलको निर्णय जानकारी गराएपछि राष्ट्रपति मुर्मूले मोदीलाई प्रधानमन्त्री नियुक्त गरेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । 

मोदीले आइतबार साँझ ६ बजे शपथ लिनेछन् ।
 

प्रकाशित मिति: शुक्रबार, जेठ २५, २०८१  २०:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update