Sagun Khabar
बैतडीको एक घरमा आगलागी 

बैतडी –बैतडीमा आगलागीबाट एकजनाको भान्छा घर जलेर नष्ट भएको छ । जिल्लाको पाटन नगरपालिका ४ का केशवसिंह ऐरीको घर र भान्छा घरमा मंगलबार साँझ साढे ६ बजेतिर आगलागी भएको हो । 

घर बाहिर बालेको आगो सल्किँदा दुई तले ६ कोठे घर र कच्ची भान्छा घरमा क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिए । 

Atrya hospital

आगलागीबाट भान्छा घर पूर्ण रुपमा नष्ट भएको छ भने भित्र रहेका खाद्यान्न र भाँडाकुडा जलेर नष्ट भएका छन् । यस्तै आगलागीबाट घरमा आंशिक क्षति भएको प्रहरी निरीक्षक केसीले जानकारी दिए । 

आगलागीबाट ऐरीले पालेको एक गाई समेत जलेर घाइते भएको छ । आगलागीबाट भएको क्षतिको एकीन विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: बुधबार, जेठ ३०, २०८१  ०८:४४
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update