Sagun Khabar
बैतडीको सिगासमा भीरबाट लडेर एक किशोरीको मृत्यु 
Atrya hospital

बैतडी–बैतडीको सिगासमा भीरबाट लडेर एक किशोरीको मृत्यु भएको छ । सिगास गाउँपालिका वडा नं ९ चौखामकी १९ बर्षीया महेश्वरी विकको घाँस काट्ने क्रममा भीरबाट लडेर मृत्यु भएको हो । 

सोमबार साँझ पौने ६ बजेतिर घर नजिकै घाँस काट्न गएकी विकको भीरबाट लडेर घटनास्थलमै मृत्यु भएको स्थानीय सालिभान धामीले जानकारी दिए । 

महेश्वरी उदय मावि गन्सुरमा कक्षा ९ मा अध्ययनरत थिइन् । विद्यालयमा अध्ययनरत छात्राको भीरबाट लडेर मृत्यु भएपछि आज विद्यालयमा शोक बिदा रहेको विद्यालयका प्रधानाध्यापक जनकबहादुर चन्दले बताए । 
 

प्रकाशित मिति: मंगलबार, असार ४, २०८१  ०९:१४
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update