Sagun Khabar
शिक्षकको भव्य बिदाई तथा सम्मान 

बैतडी–बैतडीको एक विद्यालयमा ४० बर्ष अध्यापन गरेका शिक्षकको भव्य सम्मान र बिदाई गरिएको छ । जिल्लाको डिलाशैनी गाउँपालिका वडा नं –७ ढाणस्थित डाँडाबाग आधारभूत विद्यालयका शिक्षक विरेन्द्रबहादुर कार्कीको भव्य सम्मान र बिदाई गरिएको हो । 

४० बर्ष शिक्षण पेशामा बिताएका कार्कीले अनिवार्य अवकाशपाएपछि मंगलबार विद्यालय एक कार्यक्रमको आयोजना गरेर बिदाई तथा सम्मान गरेको हो । 

Atrya hospital

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुबहादुर कार्कीको अध्यक्षतामा भएको बिदाई तथा सम्मान कार्यक्रममा डिलाशैनी गाउँपालिकाका अध्यक्ष सन्तोशप्रकाश जोशी प्रमुख अतिथी रहेका थिए । 

उक्त कार्यक्रममा डिलाशैनी गाउँपालिकाका प्रवक्ता यज्ञराज भट्ट, वडा नं ७ का वडा अध्यक्ष प्रकाशमणी, हिस्टुनका केन्द्रीय सचिव अर्जुनसिंह कुँवर लगायतका व्यक्तिहरुको उपस्थिती रहेको थियो । 
कार्यक्रममा शिक्षक कार्कीले शिक्षा क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै विद्यालयले दोसल्ला, प्रमाणपत्रसहित भव्य सम्मान र बिदाई गरेको हो । 

शिक्षक, विद्यार्थी र अभिभावक सहभागी उक्त कार्यक्रममा ग्रामीण क्षेत्रमा शिक्षक कार्कीले ४० बर्षसम्म पुर्याएको योगदान नयाँ पुस्ताका लागि सिकाइ हुने गाउँपालिका अध्यक्ष सन्तोशप्रकाश जोशीले बताए । 
 

प्रकाशित मिति: बुधबार, असार १९, २०८१  ०७:३३
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update