Sagun Khabar
शिवनाथको बित्तीय प्रगति ८० दशमलव ८९ प्रतिशत 

बैतडी–बैतडीको शिवनाथ गाउँपालिकाले चालु आर्थिक बर्षमा ८० दशमलव ८९ प्रतिशत बित्तीय प्रगति भएको जनाएको छ । गाउँपालिकाले चालु आर्थिक बर्षका लागि ३९ करोड ३ लाख ८१ हजार २ सय ३३ रुपैयाँ विनियोजन गरेकोमा ३१ करोड ५७ लाख ८५ हजार ६ सय ६९ रुपैयाँ खर्च भएको छ । 

गाउँपालिकाले चालु खर्चतर्फ २६ करोड ८० लाख २० हजार २ सय ५० रुपैयाँ विनियोजन गरेकोमा २१ करोड ६१ लाख ६४ हजार ६४ रुपैयाँ खर्च भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रसिंह महताले बताए । चालु खर्चतर्फ ८०.६५ प्रतिशत बित्तीय प्रगति भएको उनले बताए । 

Atrya hospital

यस्तै पूँजीगत खर्चतर्फ १२ करोड २३ लाख ६० हजार ९८३ रुपैयाँ विनियोजन गरेकोमा ९ करोड ९६ लाख २१ हजार ६ सय ५ रुपैयाँ खर्च भएको छ । पूँजीगततर्फ ८१ दशमलव ४२ प्रतिशत बित्तीय प्रगति भएको प्रमुख प्रशासकीय अधिकृत महताले बताए । 

गाउँपालिकाका सबै जनप्रतिनिधि, कर्मचारी र अन्य सरोकारवालाहरुको सक्रिय सहभागितामा बित्तीय प्रगति भएको गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउँदले बताए । 

Shivnath-1720615220.jpg
 

प्रकाशित मिति: बुधबार, असार २६, २०८१  १८:२५
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update