बैतडीका एक युवकको भारतमा मृत्यु

बैतडी– बैतडीका एक युबकको भारतमा मृत्यु भएको छ। जिल्लाको पञ्चेश्वर गाउँपालिका–१ सल्ला चमतडाका २४ वर्षीय सुरेश साउँदको भारतको हरियाणामा गाडी दुर्घटनामा परेर मृत्यु भएको उनका दाई मोहन जोशीले बताए। सुरेश ५ बर्ष पहिला देखीनै भारतको एक होटेलमा काम गर्थे। डिउटीबाट कोठामा जानेबेला उनलाई आईतबार राती गाडीले ठक्कर दिएको थियो।
प्रकाशित मिति: मंगलबार, साउन १५, २०८१ १८:०३
प्रतिक्रिया दिनुहोस्