इण्डो –नेपाल खुल्ला भलिबलमा दनपाको टीम उपविजेता 
                        
                        
                                                
                                             
                                                                    बैतडी–भारतको झुलाघाटमा सम्पन्न भएको विजयज्योति इण्डो–नेपाल खुल्ला भलिबल प्रतियोगितामा बैतडीको दशरथचन्द नगरपालिकाको टीम उपविजेता बनेको छ ।
युवक मंगल दलको आयोजनामा भएको प्रतियोगितामा दनपाको टीम उपविजेता बनेको नगर खेलकुद विकास समितिका अध्यक्ष भुपेन्द्र चन्दले बताए । उपविजेता बनेको टीमले नगद ११ हजार भारुसहित ट्रफी हात पारेको अध्यक्ष चन्दले बताए ।
यस्तै उक्त प्रतियोगितामा दनपाका ऋषिकेश बोहरा उत्कृष्ट लिब्रो घोषित भएका छन् । उनले ट्रफी हात पारे ।
नेपालका चारसहित १२ ओटा टीम सहभागी रहेको प्रतियोगिताको उपाधी भारतको खटीमाले जितेको छ । उसले नगद २१ हजार भारुसहित ट्रफी हात पारेको छ । 
 
प्रकाशित मिति: आइतबार, भदौ २, २०८१  ०७:५६
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    



 
                                                 
                                                 
                                                 
                                                 
                     
                     
                     
                    

 
                     
                     
                     
                     
                     
                     
                     
                    