घरको छानाबाट खसेको पत्थर लागेर बैतडीमा एक किशोरी घाइते 
                        
                        
                                                
                                            
                                                                    बैतडी–बर्षासंगै आएको हावाहुरीले घरको छानाबाट पत्थर खस्दा बैतडीमा एक किशोरी घाइते भएकी छन् ।
जिल्लाको पाटन नगरपालिका–४ थुमकी २० बर्षीया सुनिता भट्ट आफ्नै घरको छानाबाट खसेको पत्थर लागेर घाइते भएकी हुन् ।
शुक्रबार बिहान घरभित्रबाट बाहिर आउँदा हावाहुरीले छानाबाट खसेको पत्थर लागेर सुनिता घाइते भएकी स्थानीय समेत रहेका जगन्नाथ बहुमुखी क्याम्पसका उपप्राध्यापक मानबहादुर चन्दले बताए । घाइते सुनिताको दाँया खुट्टामा गहिरो घाउ भएको छ ।
उनको जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको चन्दले बताए । 
 
प्रकाशित मिति: शुक्रबार, भदौ २८, २०८१  १४:४१
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    



                                                
                                                
                                                
                                                
                    
                    
                    
                    
