Sagun Khabar
नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या १२ हजार नाघ्यो

काठमाण्डौ - पछिल्लो २४ घण्टामा थप २४ सय २८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

१० हजार एक पीसीआर परीक्षणमा २३ सय ६५ र चार सय ४७ एन्टिजेन परीक्षणमा ६३ जना गरेर २४ घण्टामै २४ सय २८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य सन्देश
Atrya hospital

आज थपिएकासहित नेपालमा कोरोना पुष्टि हुनेको सङ्ख्या दुई लाख ९२ हजार एक सय ५२ पुगेको छ । यस्तै थप दुई सय ५२ जना निको भएसँगै अहिलेसम्म दुई लाख ७६ हजार तीन सय ४५ जना सङ्क्रमणमुक्त भएका छन् । यसैबीच कोरोना सङ्क्रमण हुने दर बढ्दो र निको हुने दर घट्दो क्रममा रहँदा सक्रिय सङ्क्रमितको सङ्ख्या १२ हजार नाघेको छ ।

आज १२ हजार ६ सय ९० जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेको मन्त्रालयले जनाएको छ । यस्तै थप पाँच जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ३१ सय १७ पुगेको छ । 

प्रकाशित मिति: बिहीबार, वैशाख ९, २०७८  १८:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update