Sagun Khabar
बैतडीमा सम्पन्न पिपिएलको उपाधि गुरुखोला लायन्सलाई 

बैतडी–बैतडीको पाटनमा सम्पन्न चौथो संस्करणको पाटन प्रिमियर लिग(पिपिएल–४)  को उपाधि कोइनोडा टीम गुरुखोला लायन्सले हात पारेको छ । बुधबार भएको फाइनल खेलमा  पाटन भ्याली क्रिकेट क्लबलाई ४५ रनले पराजित गर्दै गुरुखोला लायन्यले  उपाधि हात पारेको हो । 

जितसंगै गुरुखोला लायन्सले १ लाख २३ हजार ४५६ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाण पत्र  हात पार्यो । उपविजेता बनेको पाटन भ्यालीले ५६ हजार ७८९ नगदसहित ट्रफी, मेडल, र प्रमाणपत्रमा चित्त बुझायो । 

१९६ रनको विजयी लक्ष्यसहित मैदान उत्रिएको पाटन भ्यालीले सबै विकेट गुमाउँदै १५० रन मात्रै जोड्न सक्यो । उसका लागि  सन्दीप बिष्टले सर्वाधिक ४६ तथा दिपक टमटाले ३३ रन जोडे । 

Atrya hospital

गुरुखोला लायन्यसका विकास आग्रीले ४ ओभर बलिङ् गर्दै ८ रन खर्चिएर २ बिकेट हात पारे । यस्तै बसन्त कार्कीले पनि २ विकेट लिए ।

यस अघि श्रीकृष्ण माविको खेलमैदान पाटनमा टस जितेर पहिला ब्याटिङ् गरेको गुरुखोला लायन्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउदै १९५ रन बनायो ।  

गुरुखोला लायन्सका निराजन गौतमले अविजित ९८ रनको सानदार इनिङ खेले । यस्तै अशोक बिष्टले २५ तथा कलपेश चन्दले १८ रन जोडे । पाटन भ्यालीका सन्दीप खत्रीले ३ विकेट तथा टेकराज जोशी २ विकेट लिए । 
गुरुखोला लायन्यसका निराजन गौतम प्लेयर अफ दि म्याच चुनिएको स्कोरर तिलक बोहराले जानकारी दिए । 

असोज ३० गतेबाट सुरु भएको चौथो संस्करणको पाटन प्रिमियर लिगमा कुल १७ टिमको सहभागिता रहेको थियो । पाटन क्रिकेट क्लबले गएको चार बर्ष यता प्रतियोगिता गर्दै आएको छ । 

यसैबीच प्रतियोगिताभर ३५० रन र १ विकेट हात पारेका पञ्चेश्वर गाउँपालिकाका अभिषेक पाल म्यान अफ द सिरिज चुनिए । उनले म्यान अफ द सिरज वाफत १२ हजार ३४५ पुरस्कार पाए ।

गुरुखोलाका तर्फबाट खेलेर ३७२ रन हिर्काएका निराजन गौतम बेस्ट ब्याटर र आयोजकका तर्फबाट खेल्दै १२ विकेट लिन सफल भएका सुभाष विष्ट बेस्ट बलर भए । दुबैजनाले समान ६ हजार ७८९ रुपैयाँ पुरस्कार पाए।
पाटन भ्याली क्रिकेट क्लबका टेकराज जोशी उदयीमान, किम्तोली क्रिकेट क्लबका हरिश चन्द भेट्रान खेलाडी,अनुशासित टोलीको रूपमा सिगास गाउँपालिकाले पुरस्कार पायो ।

विजेता,उपविजेता तथा विभिन्न पुरस्कार पाउने खेलाडीहरूलाई नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्द,जिल्ला खेलकुद समितिका अध्यक्ष चमनकुमार भण्डारी,पाटन नगरपालिकाका प्रमुख गौरीसिंह रावल,सुर्नया गाउँपालिकाका अध्यक्ष अम्मरबहादुर कुँवर,बैतडी जिल्ला क्रिकेट संघका अध्यक्ष विनोदबहादुर चन्द,आयोजक पाटन क्रिकेट क्लबका अध्यक्ष किरन चन्दलगायतले पुरस्कार वितरण गरे ।

समापन समारोहमा बोल्दै क्यानका अध्यक्ष चन्दले खेल पुर्वाधार निर्माणमा सरकार गम्भीर नभएको आरोप लगाए । खेलमा राजनीति गर्न नहुनेमा पनि उनले जोड दिए । 
 

प्रकाशित मिति: बुधबार, कात्तिक १४, २०८१  १६:५०
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update