Sagun Khabar
डोटीमा भीरबाट लडेर एकजनाको मृत्यु 
स्वास्थ्य सन्देश
Atrya hospital

डोटी –डोटीमा भिरबाट लडेर एकजनाको मृत्यु भएको छ । जिल्लाको सायल गाउँपालिका २ का २८ वर्षीय गणेश ओलीको लडेर मृत्यु भएको प्रहरीले जनाएको छ । ओली मँगलबार घाँस काट्न गएको बेला लडेर घाइते भएका थिए ।

उनी भिरबाट लडेर करिब ३०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक जनकराज पाण्डेयले बताए । लडेर घाइते भएका उनलाई उपचारका लागि हिजो नै डडेल्धुरा अस्पताल लगिएको थियो । उनको उपचार हुन नसकेर घर ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: बुधबार, साउन २७, २०७८  १४:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update