Sagun Khabar
बैतडीको बासुदेव मावि लिस्किटाले बार्षिकोत्सव तथा हीरक जयन्ती मनायो 

बैतडी –बैतडीको सुर्नया गाउँपालिका–२ स्थित बासुदेव मावि लिस्किटाको ७५ औं बार्षिकोत्सव तथा हीरक जयन्ती समारोह विभिन्न कार्यक्रमका साथ शुक्रबार सम्पन्न गरिएको छ । 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवबहादुर चन्दको अध्यक्षतामा भएको हीरक जयन्ती समारोहमा जिल्ला समन्वय समिति बैतडीका प्रमुख खगेन्द्रसिंह धामी प्रमुख अतिथी रहेका थिए । 

उक्त समारोहमा प्रदेशसभाका पूर्व सांसद प्रेमप्रकाश भट्ट, सुर्नया गाउँपालिका–२ का वडा अध्यक्ष गणेशबहादुर  बिष्ट, विभिन्न राजनीतिक दलका प्रतिनिधि, स्थानीय अभिभावक, शिक्षक, विद्यार्थी लगायत अन्य सरोकारवालाहरुको सहभागिता रहेको थियो । 

समारोहमा विद्यालयको शैक्षिक,भौतिक तथा आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयका प्रधानाध्यापक जितबहादुर पाण्डेयले १ करोड ३९ लाख ७ सय ३० रुपैयाँ बराबरको आयव्यय विवरण प्रस्तुत गरे । 

बार्षिकोत्सव तथा हीरक जयन्ती समारोहमा विद्यालयका विभिन्न विधामा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार समेत वितरण गरिएको छ । 

कक्षा १२ सम्मको पढाई हुँदै आएको यो विद्यालय यसको क्षेत्रको पुरानो विद्यालयको रुपमा रही आएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, माघ १८, २०८१  १७:४३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update