बैतडी - दार्चुलाको अपिहिमाल गाउँपालिकाले “एक विद्यालय, एक ल्यापटप” कार्यक्रम अन्तर्गत गाउँपालिकाभित्रका ११ वटा सामुदायिक विद्यालयलाई ल्यापटप प्रदान गरेको छ।
गाउँपालिकाको आर्थिक वर्ष २०८१र८२ को वार्षिक स्वीकृत कार्यक्रमअनुसार आइतबार विद्यालयहरूलाई ल्यापटप हस्तान्तरण गरिएको अपिहिमाल गाउँपालिका अध्यक्ष भक्त सिंह ठेकरे बोहराले जानकारी दिनुभयो। विद्यालयको नियमित प्रशासनिक कार्यलाई प्रविधिमैत्री बनाउने तथा एकीकृत शैक्षिक व्यवस्थापन प्रणालीलाई प्रभावकारी बनाउन ल्यापटप वितरण गरिएको उहाँले बताउनुभयो।
गाउँपालिका अध्यक्ष भक्त सिंह ठेकरे बोहराको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख जयराज पन्त, सामाजिक विकास कार्यालय दार्चुलाका प्रमुख रामचन्द्र ओझा, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत इन्द्र सिंह रावल, विद्यालयका प्रधानाध्यापक, शिक्षक, बुद्धिजीवी तथा शिक्षाप्रेमीहरूको उपस्थितिमा ल्यापटप हस्तान्तरण गरिएको थियो।
यसअघि पनि गाउँपालिकाले अन्य ११ वटा विद्यालयलाई ल्यापटप वितरण गरिसकेको थियो।




                                                
                                                
                                                
                                                
                    
                    
                    
                    
