अभद्र व्यवहार मुद्दामा फरार दार्चुलाका एक जना पक्राउ
दार्चुला –अभद्र व्यवहार मुद्दामा फरार दार्चुलााका एक जना पक्राउ परेका छन् ।
दार्चुलाको महाकाली नगरपालिका–४ का २२ वर्षीय भुपेन्द्रसिंह कुँवरलाई प्रहरीले सोमबार उनकै घरबाट पक्राउ गरेको हो ।
जिल्ला अदालत दार्चुलाले कुँवरलाई २०८२ पुस २३ गते अभद्र व्यवहार गर्न नहुने मुद्दाको फैसलामा ८ महिना ११ दिन कैद सजाय र ९ हजार रुपैयाँ जरीवाना तोकेको थियो । मुद्दाको फैसलापछि फरार रहेका कुँवरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, असोज २७, २०८३ ११:०४
प्रतिक्रिया दिनुहोस्




