Sagun Khabar
दार्चुलामा आगलागीस् विद्युत् सर्टबाट घर जलेर नष्ट

दार्चुला-दार्चुलाको मालिकार्जुन गाउँपालिका ७, चौकीमा सोमवार भएको आगलागीबाट एक घर पूर्ण रूपमा नष्ट भएको छ। भुपेन्द्र चन्दको घरमा विद्युत् तार सर्ट भई आगलागी भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

आगलागीका कारण घरभित्र रहेका खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडा, फर्निचर लगायत अन्दाजी तीन लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ। यद्यपि, घटनामा कुनै मानविय तथा चौपाया क्षति नभएको प्रहरीले पुष्टि गरेको छ।

प्रहरीका अनुसार आगलागी नियन्त्रणमा लिइसकिएको छ भने घटनाको थप अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति: मंगलबार, माघ २२, २०८१  ०९:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update