Sagun Khabar
चमेलीया नदी किनारमा दार्चुलाका दीपकको शव फेला

दार्चुला – दार्चुला जिल्लाको शैल्यशिखर नगरपालिका–९ बस्कोट नजिक चमेलीया नदी किनारमा एक जना पुरुषको शव फेला परेको छ।

मंगलबार बिहान लेकम गाउँपालिका–२ गराडी (दमाई गाउँ) निवासी ३८ वर्षीय दीपक दमाई मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

प्रहरीका अनुसार दमाईको शव नदी किनारमा फेला परेको हो। घटनास्थलमा प्रहरी टोली पुगेको र घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।

घटनाको सम्बन्धमा विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: मंगलबार, फागुन १३, २०८१  १७:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update