Sagun Khabar
दार्चुलामा भन्सार छलीको ६ पेटी बिडी बरामद

दार्चुला – दार्चुलाको लेकम गाउँपालिका–१ स्थित चौलानी नदी किनारबाट भन्सार छली गरी भारतबाट ल्याइएको ६ पेटी बिडी प्रहरीले बरामद गरेको छ। इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट खटिएको गस्ती टोलीले उक्त बिडी बेवारिसे अवस्थामा फेला पारेको हो।

प्रहरीका अनुसार बरामद बिडीको अनुमानित बजार मूल्य करिब १ लाख ८० हजार रुपैयाँ रहेको छ। भन्सार छली गरी ल्याइएको उक्त सामग्री कानुनी प्रक्रिया पूरा गरी आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइने प्रहरीले जनाएको छ।

स्थानीय प्रशासनले अबैध सामान ओसारपसार तथा भन्सार छली नियन्त्रण गर्न निगरानी बढाएको जनाएको छ। साथै, भन्सार नतिरी ल्याइएका सामग्री ओसारपसारमा संलग्न व्यक्तिहरूलाई कानुनी कारबाही गरिने चेतावनी दिएको छ।


 

प्रकाशित मिति: मंगलबार, चैत १२, २०८१  १४:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update