Sagun Khabar
अछामको जयगढमा भीषण आगलागी, १० पसल तथा घरमा क्षति 

अछाम –अछामको बान्नीगढी जयगढ गाउँपालिकास्थित जयगढ बजारमा भीषण आगलागी भएको छ । मंगलबार साँझ सात बजेतिर पुष्पराज शर्माले सञ्चालन गरेको आइएमई केन्द्रमा रहेको सिलिण्डर ग्यास पडकिएर आगलागी भएको शुरु भएको थियो । 

आगलागीका कारण बजारमा रहेका हिमाल साउँदको मोबाइल पसल, रामबहादुर राउतको जडीबुटी पसल, मञ्जु साउदको जडीबुटी पसल, रति साउदको भाँडा पसल, गोकुल साउदको किराना पसल, किस्मत सुनारको सुनचाँदी पसल, खगेन्द्र साउदको किराना पसल, रतन साउदको घर र कालु सुनारको सुनचाँदी पसलमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वरीप्रसाद भण्डारीले जानकारी दिए । 

Atrya hospital

आगलागी मंगलबार राति अबेर नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । आगलागी नियन्त्रणका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएको थियो । 

आगलागीका कारण भएको क्षतिको एकीन विवरण भने आउन बाँकी रहेको अछाम प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: बुधबार, चैत २७, २०८१  ०७:३२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update