Sagun Khabar
अछामको साँफेबगरका आगलागी पीडितलाई प्रदेश सरकारले १० लाख सहयोग गर्ने 
Atrya hospital

कैलाली –अछामको साँफेबगर नगरपालिका–३ हाटबजारमा शनिवार बिहान भएको आगलागी पीडितलाई सुदूरपश्चिम प्रदेश सरकारले तत्काल दश लाख आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।

शनिवार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको प्रदेश विपद् जोखिम न्यूनीकरण तथा नियन्त्रण परिषद्को बैठकले अछामका आगलागी पीडितका लागि तत्काल नगरपालिकालाई मानविय सहायता स्वरूप १० लाख आर्थिक सहयोग गर्ने निर्णय गरेको हो । 

शनिवार बिहान पौने ४ बजेको समयमा अछामको साँफेबगर बजारमा रहेको हाटबजारमा आगलागी हुँदा १० वटा पसल जलेर नष्ट भएका थिए ।
 

प्रकाशित मिति: शनिबार, वैशाख १३, २०८२  १६:२४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update