
कैलाली –कैलालीमा दुई वटा मोटरसाईकल एकआपसमा ठोक्किँदा चालकको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् ।
जानकी गाउँपालिका–३ को डुडेझारी सडकखण्डमा वडा कार्यालय अगाडि बुधवार दिउँसो से ५ प २६६० र सुदूरपश्चिम प्रदेश ०१०१२ प ८०७५ नम्बरको मोटरसाईकल एकआपसमा ठोक्किएका प्रहरीले जनाएको छ ।
मोटरसाइकल एकआपसमा ठोक्किँदा जानकी गाउँपालिका–८ घर भएका से ५प २५६० नम्बरको मोटरसाइकल चालक १९ वर्षीय राकेश परियारको मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल ठोक्किँदा गम्भीर घाइते भएका उनको सेवा नर्सिङ होम नेपालगञ्जमा उपचारका क्रममा मृत्यु भएको बताइएको छ ।
अर्का मोटरसाईकल चालक ४५ वर्षीय पुष्कर शाहीको अवस्था पनि गम्भीर रहेको प्रहरीले जनाएको छ । उनको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
मोटरसाईकल पछाडि सवार १३ बर्षीया प्रिन्सी शाही र १८ वर्षीय कमल रावलको अवस्था भने खतरामुक्त रहेको छ । उनीहरुको टीकापुर अस्पतालमा उपचार भइरहेको छ ।