
कैलाली – आफ्नै भाउजुमाथि जबरजस्तीकरणी गर्न खोजेको आरोपमा कैलालीका एक युवक पक्राउ परेका छन् । घोडाघोडी नगरपालिका–२ को साडेपानीमा २७ वर्षीया भाउजुमाथि जबरजस्तीकरणी गर्न खोज्ने २२ वर्षका देवरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय सुखडको टोलीले ती युवकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए ।
युवकले घरमै ढोका थुनेर भाउजुमाथि करणीको प्रयास गरेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, वैशाख १९, २०८२ ०९:३४
प्रतिक्रिया दिनुहोस्