Sagun Khabar
कैलालीको चुरेमा विद्युतीय हाइस र बस एकआपसमा ठोकिए, तीन जना घाइते 

कैलाली –कैलालीको चुरेमा विद्युतीय हाइस र बस एकआपसमा ठोक्किँदा तीन जना घाइते भएका छन् । 

डडेल्धुराको परशुराम नगरपालिका–१२ जोगबुडाबाट धनगढीका लागि छुटेको सुपप्र ०२ ००१ ज ५०७ नम्बरको इभी हायस र धनगढीबाट बझाङका लागि छुटेको सुपप्र ०२ ००१ ख १२५२ नम्बरको बस चुरे गाउँपालिका–३ सल्लेरीमा शनिबार बिहान साढे ११ बजेतिर एकआपसमा ठोक्किएका हुन् ।

Atrya hospital

दुर्घटनामा तीन जना घाइते भएका जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए । घाइते हुनेमा इभी चालक परशुराम–१२ का २६ वर्षीय कमल धामी, इभीमा सवार सोही ठाउँकी ९ वर्षीया प्रतीक्षा सिंजा मगर र बसमा सवार कञ्चनपुरको कृष्णपुर नगरपालिका–३ की ३० वर्षीया निर्मला भट्ट रहेका छन् । 

उनीहरुको धनगढीका अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: शनिबार, वैशाख २०, २०८२  १३:३१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update