Sagun Khabar
दार्चुलाको शैल्यशिखरमा नेरुडे मिर्मिरे लघुबित्तको बित्तीय साक्षरता कार्यक्रम सम्पन्न 

दार्चुला –नेरुडे मिर्मिरे लघुबित्त बित्तीय संस्थाले दार्चुलाको शैल्यशिखर नगरपालिका गोकुलेश्वरमा बित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । 

शनिबार गोकुलेश्वरस्थित होटेल अपिनम्पामा सम्पन्न गरिएको बित्तीय साक्षरता कार्यक्रममा नेरुडे मिर्मिरे लघुबित्त बित्तीय संस्थाले गठन गरेका केन्द्रका सदस्यहरुको सहभागिता रहेको थियो । 

Atrya hospital

उक्त कार्यक्रममा केन्द्रका सदस्यहरुलाई बित्तीय क्षेत्रका विभिन्न बिषयमा जानकारी गराइएको नेरुडे मिर्मिरे लघुबित्त बित्तीय संस्थाका कर्मचारी शंकरदत्त बिष्टले बताए । कार्यक्रममा बचत, ऋण, आम्दानी, खर्च लगायतका बिषयमा सदस्यहरुलाई जानकारी गराइएको उनले बताए । 

यस्तै लघुबित्तमार्फत बित्तीय क्षेत्रमा पहुँच पुर्याउनका लागि सञ्चालन भइरहेका कार्यक्रमहरुको बारेमा समेत जानकारी दिइएको नेरुडे मिर्मिरे लघुबित्त बित्तीय संस्थाका शैल्यशिखर शाखा प्रमुख विवश बोहराले बताए । 

उक्त कार्यक्रममा नेरुडे मिर्मिरे लघुबित्त बित्तीय संस्थाका कलस्टर प्रमुख डण्डीराम बोहरा, बैतडीको सुर्नया शाखा प्रमुख कमलराज जोशी र दार्चुलाको शैल्यशिखर शाखा प्रमुख विवश बोहराले प्रशिक्षण दिएका थिए । 

लघुबित्त संस्थाले गठन गरेको केन्द्रका सदस्य देवकी जोशीको अध्यक्षतामा भएको बित्तीय साक्षरता कार्यक्रममा शैल्यशिखर नगरपालिका वडा नं ९ का वडा अध्यक्ष प्रजापति पाण्डेय प्रमुख अतिथी रहेका थिए । 

उक्त कार्यक्रममा केन्द्रका सदस्यहरुका साथै अन्य सरोकारवालाहरुको समेत सहभागिता रहेको शाखा प्रमुख बोहराले बताए । 

प्रकाशित मिति: आइतबार, वैशाख २१, २०८२  १७:५६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update