
कैलाली –सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग भेटवार्ता गरेका छन् ।
भारत भ्रमणमा रहेका मुख्यमन्त्री शाहले समकक्षी योगीसँग सोमबार लखनउमा भेटवार्ता गरेका हुन् ।
मुख्यमन्त्री शाह नेतृत्वको १० सदस्यीय टोली वैशाख १६ गतेदेखि भारतको औपचारिक भ्रमणमा छ ।
मुख्यमन्त्री शाहको सचिवालयले सोमबार मुख्यमन्त्री शाही नेतृत्वको टोली नेपाल फर्किने बताएको छ । मुख्यमन्त्री शाहले उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीसँग पनि भेटवार्ता गरेका थिए ।
प्रकाशित मिति: सोमबार, वैशाख २२, २०८२ १८:२७
प्रतिक्रिया दिनुहोस्