
अछाम –नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी केन्द्रसँग सहकार्य गर्न भीम रावललाई आग्रह गरेका छन् । जनतासँग माओवादी मध्यपहाडी लोकमार्ग पुष्पलाल मार्ग जागरण अभियानअन्तर्गत अछामको साँफेबगरमा पुगेर सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले माओवादीसँग सहकार्य गर्न आग्रह गरेका हुन् ।
समय खेर नफालेर समयमै सहकार्य गर्न आफूले आग्रह गरेको प्रचण्डले बताए ।
अध्यक्ष प्रचण्डले अछामको सेती राजमार्ग, बुढीगंगा हाईड्रोपावर, बयालपाटा अस्पताललाई उचित बजेट विनियोजनका लागि पहल गर्ने बताए ।
उनले माओवादी बलियो भयो भने समग्र राष्ट्र नै बलियो हुने भएकाले २०८४ मा माओवादी केन्द्रलाई पहिलो पार्टी बनाउन अपिल गरे । माओवादी जययुद्धका क्रममा आधार ईलाका मानिएको रामारोशन गाउँपालिकाका महिलाहरूले देउडा गीतमार्फत अछामको विकास र जनयुद्धका बेला घाइते शहिद परिवारलाई उचित व्यवस्थाको माग गरेका थिए ।