डोटीमा चट्याङ लागेर एक महिलाको मृत्यु

डोटी –डोटीमा चट्याङ लागेर एक महिलाको मृत्य भएको छ । जिल्लाको पूर्वीचौकी गाउँपालिका –२ बाडीकी ४० वर्षीया देउमती साउँदको आफ्नै घरको झ्यालमा बसिरहेको अवस्थामा सोमवार साँझ चट्याङ लागेर मृत्यु भएको हो ।
चट्याङ लागेर घाइते भएकी साउँदलाई उपचारका लागि जिल्ला अस्पताल डोटी पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
यस्तै चट्याङ लागेर सोही ठाउँ बस्ने एक महिला घाइते भएकी छन् । बगलेक स्वास्थ्यचौकीमा अनमी पदमा कार्यरत ३५ बर्षीया अस्मिता ओली बिष्ट घाइते भएकी हुन् ।
घाइते अस्मितलाई थप उपचारको लागि धनगढी लगिएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, जेठ ६, २०८२ ०८:१३
प्रतिक्रिया दिनुहोस्