Sagun Khabar
नेपालले आज नेदरल्यान्ड्ससँग खेल्दै

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपालले आज नेदरल्यान्ड्ससँग खेल्दैछ । खेल स्कटल्याण्डको डुन्डेमा दिउँसो पौने ४ बजे शुरू हुनेछ ।

लिग–२ अन्तर्गत नेपाल, घरेलु टोली स्कटल्याण्ड र नेदरल्यान्ड्स सम्मिलित त्रिदेशीय एकदिवसीय शृङ्खला भइरहेको हो ।

यो शृङ्खलाको अस्ति भएको खेलमा नेपालले घरेलु टोली स्कटल्याण्डलाई एक विकेटले हराएको थियो ।

जीतसँगै ८ टोली सहभागी लिग–२ मा नेपाल १३ खेलमा ८ अङ्कका साथ तालिकाको सातौं स्थानमा छ । नेदरल्यान्ड्स २० खेलमा २६ अङ्कसहित दोस्रो स्थानमा छ ।

नेपालले आउँदो आइतवार स्कटल्याण्डसँग र मङ्गलवार नेदरल्यान्ड्ससँग खेल्ने तालिका छ ।

लिग–२ को खेलपछि असार एक मा नेपाल, स्कटल्याण्ड र नेदरल्यान्ड्सबीच त्रिदेशीय टी–२० शृङ्खला शुरू हुनेछ ।

आईसीसी विश्वकप लिगको अन्तिममा शीर्ष–४ मा रहने टोलीले विश्वकपको ग्लोबल छनोटमा सीधै स्थान बनाउने छ । पुछारमा रहने ४ टोलीले भने विश्वकप छनोट प्लेअफ खेल्नुपर्ने छ । 

प्रकाशित मिति: बुधबार, जेठ २१, २०८२  ०७:४२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update