Sagun Khabar
दार्चुलाका शैक्षिक संस्थाहरु तत्काल बन्द गरिने
स्वास्थ्य सन्देश
Atrya hospital

दार्चुला –कोभिड संकट व्यवस्थापन केन्द्र दार्चुलाले कोरोना संक्रमण फैलिने जोखिम बढेको भन्दै तत्काल जिल्लाका शैक्षिक संस्थाहरु बन्द गर्ने निर्णय गरेको छ ।

जिल्ला प्रशासन कार्यालय दार्चुलामा मंगलबार  बसेको कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले कोरोना भाइरसको संक्रमण फैलिन नदिन जिल्लाका सम्पुर्ण विद्यालयहरु तत्काल बन्द गने निणर्य गरेको हो ।

भौतिक रुपमा विद्यालयमा पठन–पाठन तथा परीक्षा सञ्चालन लगायतका शैक्षिक गतिविधिहरु तत्काल बन्द गर्न सबै स्थानीय तहहरुलाई अनुरोध गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी एवं कोभिड १९ संकट व्यवस्थापन केन्द्र दार्चुलाका प्रमुख सिद्धराज जोशीले जानकारी दिए  छिमेकी मुलुक भारत लगायत विश्वभर नै कोरोनाको दोस्रो लहर चलको र नेपालमा पनि त्यसको असर देखा परेकाले संक्रमण न्युनिकरण तथा नियन्त्रणका लागी बैठकले विभिन्न निर्णयहरु गरेको उनले बताए । 

प्रकाशित मिति: बुधबार, वैशाख १५, २०७८  ०८:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update