
कैलाली – सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८२÷८३ को बजेट भोलि (आइतबार) ल्याउने भएको छ ।
संविधानले व्यवस्था गरे अनुसार प्रदेश सरकारले असार १ गते सभामा वार्षिक बजेट प्रस्तुत गर्ने तयारी गरेको हो । प्रदेश सरकारको बजेट प्रस्तुतिका लागि आइतवार ५ बजे प्रदेश सभाको बैठक बोलाइएको प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैसीले बताए ।
आगामी आर्थिक वर्षको बजेट तयारीको कार्य पूरा भइसकेको आर्थिक मामिला मन्त्रालयले जनाएको छ । बजेटको सबै काम पूरा भएको आर्थिक मामिला राज्यमन्त्री प्रकाशबहादुर बमले बताए ।
आइतबार प्रदेशसभामा प्रस्तुत हुने बजेट वक्तव्य आर्थिक मामिला मन्त्री बहादुरसिंह थापालाई आज हस्तान्तरण गरिएको छ । मन्त्रालयका सचिव राजेन्द्रकुमार हमालले मन्त्री थापालाई बजेट वक्तव्य हस्तान्तरण गरेका हुन् ।