डोटीमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु

डोटी- डोटीमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। जिल्लाको आदर्श गाउँपालिका–१ दोबाज स्थित दिपायल मौवा मेल्लेख सडक अन्तर्गत शुक्रवार दिउँसो सुदूरपश्चिम प्रदेश ०१–००१ ज १३९५ नम्बरको जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक रामचन्द्र जोशीले दुर्घटनाग्रस्त जिप सडकबाट अन्दाजी दुई सय ५० मिटर तल खसेको बताए। दुर्घटनामा परि दुई जनाको घटनास्थलमै मृत्यु भएको र ४ जना घाइते भएका छन्।
मृतक र घाइतेको परिचय नखुलेको र घाइतेलाई स्थानीय स्वास्थ्य चौकीमा उपचारको लागि पठाइएको बताए।
घटना स्थलमा प्रहरी निरीक्षक राजेन्द्र चन्दको कमान्डमा प्रहरी टोली खटिएको छ। घटनाको विषयमा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: शुक्रबार, असार ६, २०८२ १५:५५
प्रतिक्रिया दिनुहोस्