Sagun Khabar
धनगढीमा बाहिरबाट ताल्चा लगाएको कोठाभित्र युवती मृत फेला

कैलाली –धनगढीमा एक युवती मृत अवस्थामा फेला परेकी छन् । 

धनगढी उपमहानगरपालिका–२ को बैयाबेहडीमा सोमबार बिहान कञ्चनपुरको पुनर्वास नगरपालिका–११ अमरबस्तीकी ३० वर्षीया रेणु चौधरी मृत फेला परेकी प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता,प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले कोठा भाडामा बस्दै आएकी युवती मृत भेटिएकी बताए । 

सिंहका अनुसार कोठाको ढोकामा बाहिरबाट ताल्चा लगाएको अवस्थामा उनी मृत भेटिएकी हुन् । घटनास्थल सिल गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 

प्रकाशित मिति: सोमबार, असार ९, २०८२  ०९:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update