महिला एशियन कप छनोट : निर्णायक खेलमा नेपाल उज्वेकिस्तानसँग पराजित
                        
                        
                                                
                                            
                                                                    काठमाण्डौ – एएफसी महिला एशियन कप सन् २०२६ को छनोटअन्तर्गत निर्णायक खेलमा नेपाल उज्वेकिस्तानसँग पराजित भएको छ । उज्वेकिस्तानको तास्केन्तमा गएराति भएको खेलमा नेपाल उज्वेकिस्तानसँग पेनाल्टी सुटआउटमा पराजित भएको हो ।
योसँगै नेपाल सन् २०२६ मा अष्ट्रेलियामा हुने महिला एशियन कप खेल्न नपाउने भएको छ । निर्धारित समयमा ३–३ गोलको बराबरी भयो । नेपालले गरेका तीन वटै गोल कप्तान सावित्रा भण्डारी ‘साम्बा’ले गरेकी हुन् । उज्वेकिस्तानकी खबीबुल्लाएभा, कराचिक र शोयिमोभाले समान एक गोल गरे ।
निर्धारित समयमा बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । पेनाल्टी सुटआउटमा नेपाल उज्वेकिस्तानसँग ४–२ गोलले पराजित भयो । योसँगै उज्वेकिस्तान २२ वर्षपछि एएफसी एशियन कप खेल्ने भएको छ ।
 
प्रकाशित मिति: आइतबार, असार २२, २०८२  ०७:४३
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    



                                                
                                                
                                                
                                                
                    
                    
                    
                    
