बैतडीको दशरथचन्द नगरपालिका र सुर्नया गाउँपालिकामा भोलि स्थानीय सार्वजनिक बिदा

 बैतडी–बैतडीको दशरथचन्द नगरपालिका र सुर्नया गाउँपालिकामा भोलि (मंगलबार) स्थानीय सार्वजनिक बिदा रहेको छ । 

दुवै स्थानीय तहले सूचना प्रकाशन गर्र्दै मंगलबार स्थानीय सार्वजनिक बिदा रहेको जानकारी दिएका छन् । 

दशरथचन्द नगरपालिका–४ गढीस्थित जगन्नाथ मन्दिर र दशरथचन्द नगरपालिका–११ सीमस्थित केदार मन्दिरमा जात्रा लाग्ने भएकाले स्थानीयहरुको सहभागितालाई मध्यनजर गरेर बिदा दिएको दशरथचन्द नगरपालिकाले जनाएको छ । 

यस्तै सुर्नया गाउँपालिकाले वडा नं ५ स्थित फाल्ङाशैनी भगवती मन्दिरमा लाग्ने जात्राको अवसरमा मंगलबार बिदा दिएको जनाएको छ । 

दुवै पालिकाले सार्वजनिक बिदाका दिन पालिका मातहतका सबै सरकारी कार्यालय, गैरसरकारी निकाय, शिक्षण संस्था लगायत बन्द रहने उल्लेख गरेका छन् । 

प्रकाशित मिति: सोमबार, मंसिर ७, २०८३  १२:३३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update