जर्ज मन्सेको शतकमा लुम्बिनीविरुद्ध बदला लिँदै सुदूरपश्चिम च्याम्पियन

जर्ज मन्सले आक्रमक ब्याटिङ गर्दै शानदार शतक बनाएपछि सुदूरपश्चिम रोएल्सले साविक विजेता लुम्बिनी लायन्सलाई पराजित गर्दै नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको छ ।

टीयू मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको लुम्बिनीले ६ विकेट गुमाएर १५५ रन बनाएको थियो । सुदूरपश्चिमले १३.३ ओभरमा कुनै विकेट नगुमाई १५८ रन बनाएर लक्ष्य पूरा गरेको हो ।

यसअघि सुरुवाती दुई संस्करणको फाइनलमा खेल्दा पराजित भएको सुदूरपश्चिमले तेस्रो प्रयासमा एनपीएलको उपाधि जितेको हो ।

पहिलो संस्करणमा जनकपुर बोल्ट्सँग पराजित भएको सुदूरपश्चिम दोस्रो संस्करणमा लुम्बिनी लायन्ससँग नै फाइनलमा पराजित भएको थियो ।

गत वर्षको फाइनलदेखि यस संस्करणको कवालिफायरसम्म लुम्बिनीले लगातार तीन खेलमा सुदूरपश्चिमलाई पराजित गरेको थियो । फाइनलमा भने स्कटिस ब्याटर मन्से चम्किएछि सुदूरपश्चिमले सबै हारको बदला लिँदै लुम्बिनीलाई पराजित गर्‍यो ।

सुदूरपश्चिमका लागि यसअघि प्लेअफका दुई खेलमा चल्न नसकेका मन्सेले फाइनलमा शानदार ब्याटिङ गरे ।

उनले ४९ बल खेल्दै ८ चौका र ८ छक्का मदतमा अर्धशतक पूरा गरेका हुन् । उनी एनपीएल फाइनलमा शतक प्रहार गर्ने पहिलो खेलाडी हुन् भने एनपीएलमा शतक प्रहार गर्ने छैटौं खेलाडी हुन् ।

यस्तै यस सिजन शतक प्रहार गर्ने उनी तेस्रो खेलाडी हुन् । यसअघि पोखरा एभेन्जर्सका युवराज सम्रा र चितवन राइनोजका कमिल मिशाराले शतक प्रहार गरेका थिए ।

लुम्बिनीका लागि दिलिप नाथले अविजित रहँदै सर्वाधिक ३९ रन बनाए । कप्तान रोहित पौडेलले ३० र विकेटकिपर निरोशन डिकवेलाले २८ रन बनाए । अली शेखले २४ र डार्शी सर्टले २१ रन जोडे ।

लुम्बिनीका ओपनर आसिफ शेख फाइनलमा व्यक्तिगत १ रनमा आउट भए । यसै सिजन लुम्बिनीमा अनुबन्त्र भएका उनी तेस्रो ओभरमा स्कट कुगेलेइनको बलमा एबलीडब्लु आउट भए । आसिफले रिभ्यु लिएपनि डिएआरस पछि बलले स्टम्प लागेको दिएपछि उनी आउट भए ।

छैटौं ओभरमा बलिङमा आएका सुदूरपश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरीले तेस्रो बलमै सर्टलाई बोल्ड गरे । सर्टले १८ बल खेल्दै ४ चौका मदतमा २१ रन जोडे ।

३५–२ को स्थितीबाट कप्तान रोहित कुमार पौडेल र विकेटकिपर निरोशन डिकवेलाले लुम्बिनीको इनिङ्स सम्हाले । यो जोडीले तेस्रो विकेटका लागि ३९ रनको साझेदारी गरे । डिकवेलालई ११औं ओभरमा थरिन्दु रत्नायकेले बोल्ट गरपछि रोहितले दिलिप नाथसँग ३४ रनको साझेदारी गरे ।

डिकवेलाले १७ बल खेल्दै १ चौका र २ छक्का मदतमा २८ रन जोडे । रोहित १५औं ओभरको अन्तिम बलमा रनआउट भएका थिए । रोहितले ३१ बल खेल्दै ४ चौका मदतमा ३० रन जोडे ।

त्यसपछि आएका सन्दिप जोरा ४ रन बनाएर आउट भए ।

दिलिप नाथ र अली शेखले त्यसपछि लुम्बिनीका लागि छैटौं विकेटका ३३ रनको साझेदारी गरे । लेट केमियो इनिङ्स खेलेका अली शेखले १२ बल खेल्दै समान २ चौका र २ छक्का मदतमा २४ रन योगदान गरे ।

अन्तिमसम्म ब्याटिङ गरेका दिलिप नाथले ३१ बल खेल्दै ३ छक्का मदतमा अविजित ३९ रन बनाए । रुबेन ट्रम्पलम्यान ४ रनमा अविजित रहे ।

बलिङमा सुदूरपश्चिमका स्कट कुगेलेइनले २ तथा थरिन्दु रत्नायके र कप्तान दीपेन्द्र सिंह ऐरी र हेमन्त धामीले समान १ विकेट लिए ।

जर्ज मन्सेले ५४ बल खेल्दै ८ चौका र १२ छक्का मद्दतमा अविजित १२५ रन बनाए ।

प्रकाशित मिति: शनिबार, मंसिर ५, २०८३  २०:४०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update