त्रिपुरासुन्दरी जात्रामा समाजसेवी भट्टको निशुल्क यातायात सेवा, ६ सय बढी भक्तजन लाभान्वित

बैतडी–बैतडीको त्रिपुरासुन्दरी जात्रामा बैतडीका युवा समाजसेवी एस.पी भट्टले सञ्चालन गरेको निशुल्क यातायात सेवाबाट ६ सय बढी भक्तजन लाभान्वित भएका छन् । 

त्रिपुरासुन्दरीको जात्रामा सहभागी हुने भक्तजनहरुलाई लक्षित गरेर भट्टले जिल्लाका विभिन्न ठाउँबाट निशुल्क १० ओटा सवारी साधनको व्यवस्था गरेका थिए । सतबाँझ, देहीमाण्डौं, जोशीबुङ्गा, गोठलापानी, झुलाघाटबाट त्रिपुरासुन्दरी मन्दिरसम्म जाने भक्तजनहरुका लागि आज निशुल्क यातायातको व्यवस्था गरिएको थियो । 

दशरथचन्द नगरपालिका–४ विनासौं घर भएका भट्टले यात्रुहरुको सहजताका लागि निशुल्क यातायातको व्यवस्था गरेको बताए । उनले भने, ‘त्रिपुरासुन्दरीको आज ठूलीजातमा सहभागी हुने भक्तजनहरुका लागि निशुल्क यातायात सेवा दिने मौका पाए । यस्तो पवित्र सामाजिक कार्यमा जोडिन पाउँदा निकै खुशी लागेको छ ।’

रास्वपाका युवा नेता समेत रहेका भट्टले सामाजिक उत्तरदायित्व अन्तर्गत यो कार्य गरेको बताए । यसअघि पनि उनले निङ्गलाशैनी मन्दिर र त्रिपुराकै जात्रामा निशुल्क यातायातको व्यवस्था गरेका थिए । 

आज १० गाडीबाट निशुल्क यातायातको व्यवस्था गरिएकोमा पहिलो गाडी आँफैले चलाएर भक्तजनहरुलाई मन्दिरमा पुर्याएको भट्टले बताए । 

प्रकाशित मिति: बुधबार, मंसिर २, २०८३  १८:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update