Sagun Khabar
धनगढी उपमहानगरपालिका पूर्ण खोप सुनिश्चित घोषणा 

कैलाली –धनगढी उपमहानगरपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको छ ।

आइतबार एक कार्यक्रम गरी उपमहानगरलाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको हो । उपमहानगरपालिकाभित्र खोप पाउने उमेरका बालबालिकाहरुले राष्ट्रिय खोप तालिका अनुसार खोप पाएका एकीन भएपछि उपमहानगरलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख योगेश अवस्थीले बताए ।

घर धुरी सर्वेक्षण गर्दा धनगढी उपमहानगरपालिका भित्र १६ देखि ५९ महिनासम्मका बालबालिका संख्या ८ हजार २१० रहेकोमा यी मध्ये कुनै पनि खोप नलगाएका बालबालिका ५ र ड्रप आउट भएका ५९जना जनालाई १५ महिनासम्मको उमेरभित्र पाउनुपर्ने सम्पूर्ण खोप लगाएर पूर्ण खोप सुनिश्चितता र दिगोपना घोषणा गरिएको शाखा प्रमुख अवस्थीले बताए । सम्पूर्ण बालबालिकाले खोप पाएको सुनिश्चितता गरिएपछि प्रत्येक वडालाइ पूर्ण खोप सुनिश्चित र दिगोपना प्रमाण पत्र प्रदान गरिएको थियो । 
 

प्रकाशित मिति: आइतबार, असार २२, २०८२  १६:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update