Sagun Khabar
नदीमा डुबेर सहोदर दाजुभाइको मृत्यु 

कैलाली –कैलालीको गौरीगंगामा नदीमा डुबेर सहोदर दाजुभाइको मृत्यु भएको छ ।

गौरीगंगा नगरपालिका–११ ऐठाका लालु धामीका २५ वर्षीय छोरा उमेश धामी र २० वर्षीय प्रकाश धामीको लिक्मा नदीमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय मसुरियाले जनाएको छ । 

उनीहरुलाई नदीमा डुबेको अवस्थामा प्रहरीले बिहिवार दिउँसो ३ बजेको समयमा उद्धार गरि सेती प्रादेशिक अस्पताल पु¥याएको थियो । अस्पतालमा पुर्याए लगत्तै चिकित्सकले दुवैलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ । घटनाका बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, साउन २, २०८२  ०७:५०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update