डोटीका पत्रकार खत्रीको निधन

डोटी –रेडियो नेपाल प्रादेशिक प्रसारण केन्द्र दिपायलमा कार्यरत पत्रकार दीर्घ खत्रीको निधन भएको छ । बिहीबार दिउँसो उनको निधन भएको हो ।
दिउँसो करिब १ बजे दिपायलस्थित रेडियो नेपालनजिकै बाटोमा ढलेको अवस्थामा भेटिएपछि रेडियोकै सहकर्मीहरुले खत्रीलाई सुजङ्ग अस्पताल राजपुर पु¥याएका थिए । खत्रीलाई अस्पताल पुर्याउने बित्तिकै चिकित्सकले मृत घोषणा गरेका थिए ।
खत्रीको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल डोटीमा राखिएको छ । परिवारका सदस्य आएपछि शवको पोष्टमार्टम गरिने प्रहरीले जनाएको छ । खत्रीको मृत्युको कारण भने खुल्न सकेको छैन ।
डोटीको जोरायल गाउँपालिका–४ चुचुनढुङ्गा स्थायी घर भएका पत्रकार खत्रीको कैलालीको चौमालामा पनि बसोबास रहेको छ । उनी रेडियो नेपालमा वि.सं. २०७६ सालदेखि करारमा काम गर्दै आएका थिए ।
प्रकाशित मिति: बिहीबार, साउन ८, २०८२ १७:५४
प्रतिक्रिया दिनुहोस्