Sagun Khabar
डोटीमा एक महिलामाथि बलात्कारको प्रयास 
स्वास्थ्य सन्देश
Atrya hospital

डोटी –डोटीको आदर्श गाउँपालिका वडा नम्बर ६ गिरिचौकामा एक महिला माथि बलात्कारको प्रयास गरिएको छ । गिरिचौकामा सायल गाउँपालिकाकी एक महिलालाई बलात्कारको प्रयास गरिएको पिडित महिलाले बताएकी छन् ।

पीडित महिला १८ गते घरबाट गिरिचौकामा आफन्तलाई भेटघाट गर्न गएकी थिईन । गिरिचौकाको ढाटवाडा र काडा टोलको बीच जङ्गलमा एक जना अपरिचित पुरुषले आक्रमण गरेको पीडित महिलाको भनाई छ ।

आफूलाई पहिला हसिया र बञ्चरोले घाइते बनाएको र त्यसपछि बलात्कारको प्रयास गरेको उनले बताइन् । घटनाका बिषयमा प्रहरीलाई जानकारी आएको र घटनाको अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, भदौ २०, २०७८  ११:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update