
कैलाली –कैलालीको धनगढीमा पनि जेनजी पुस्ताले सरकार विरुद्ध प्रदर्शन गरेको छ । सोमबार युवाहरूले मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय अगाडि र जिल्ला प्रशासन कार्यालय अगाडि प्रदर्शन गरेका हुन् ।
मुलुकमा भ्रष्टाचार बढेको र नेता तथा तिनका समर्थकहरूको प्रत्यक्ष संलग्नतामा राज्य दोहनका घटना बढेको भन्दै युवाहरूले प्रदर्शन गर्नुपरेको बताएका छन् ।
सामाजिक सञ्जाल बन्द गरेर नागरिकको आवाज बन्द गर्न खोजिएको भन्दै उनीरूले आक्रोश पोखेका छन् । सोमबार प्रदर्शनमा प्रदेश सरकार तथा संघीय सरकार विरुद्ध चर्को नारावाजी गरिएको छ । युवाहरूले प्रधानमन्त्री र मुख्यमन्त्री विरुद्ध चर्को नारावाजी गरेका हुन् ।
सरकारले नागरिकको आवाज थुन्न खोजेको जेनजी पुस्ताले आरोप लगाएको छ । भ्रष्टाचार नियन्त्रणमा सरकार चुकेको भन्दै उनी आक्रोशित भएका छन् ।