Sagun Khabar
धनगढीमा जेनजी पुस्ताले माग्यो मुख्यमन्त्रीको राजीनामा 

कैलाली –आन्दोलनमा उत्रेको जेनजी पुस्ताले सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहको राजीनामा मागेका छन् । धनगढीमा आज प्रदर्शन गर्दै उनीहरुले प्रदेश सरकारले संस्थागत भ्रष्टाचार गरेको भन्दै राजीनामा मागेका हुन् । 

केन्द्रीय तहमा संघ सरकार र प्रदेश तहमा प्रदेश सरकार भ्रष्टाचारको आँखडा बनेको युवा पुस्ताको आरोप रहेको छ । 

धनगढीका युवाहरूले प्रधानमन्त्री केपी शर्मा ओली र सुदूरपश्चिमका मुख्यमन्त्रीले एकैपटक राजीनामा दिनुपर्ने बताएका छन् । 
 

प्रकाशित मिति: मंगलबार, भदौ २४, २०८२  १२:१९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update