Sagun Khabar
जिल्ला प्रशासन कार्यालय दार्चुलाले बार अनुसार सेवा दिने 

दार्चुला–जिल्ला प्रशासन कार्यालय दार्चुलाले कोरोना भाइरसको संक्रमण जोखिम बढेकोले फरक बार फरक स्थानीय तहलाई सेवा दिने भएको छ । कोरोना महामारीको जोखिमलाई मध्यनजर गरि भीडभाड न्युनीकरण गर्ने उद्देश्यले समय तालिका अनुसार सेवा प्रवाह गर्न थालिएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ । 

कोरोना भाईरसको संक्रमण जोखिम न्यूनीकरणका लागि आगामी आइतबारदेखि फरक बार फरक स्थानीय तहका नागरिकलाई सेवा दिने जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ । 

स्वास्थ्य सन्देश
Atrya hospital

सबै स्थानीय तहका नागरिकहरुलाई एकसाथ सबै सेवा प्रवाह गर्दा कोरोनाको जोखिम बढी हुने भएकोले यस्तो व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले जानकारी दिए । 

आइतबार र सोमबार जिल्लाको अपिहिमाल गाउँपालिका, मार्मा गाउँपालिका, र नौगाड गाउँपालिकाका नागरिकलाई सेवा दिइने छ भने मंगलबार र बुधबार जिल्लाको शैल्यशिखर नगरपालिका, मालिकार्जुन गाउँपालिका र लेकम गाउँपालिकाका नागरिकलाई सेवा दिइने प्रमुख जिल्ला अधिकारी जोशीले जानकारी दिए । 

यस्तै बिहीबार र शुक्रबार जिल्लाको महाकाली नगरपालिका, दुहुँ गाउँपालिका र व्यासँ गाउँपालिकाका नागरिकलाई सेवा दिइने प्रशासनले जनाएको छ । 

सेवाग्राहीले नेपाल सरकारले तोकेका स्वास्थ्य सुरक्षाका मापदण्डको अनिवार्य पालना गरेर मात्रै प्रशासनमा उपस्थित हुन अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी जोशीले बताए । 

प्रकाशित मिति: बुधबार, वैशाख १५, २०७८  १८:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update