Sagun Khabar
साफ १७ वर्ष मुनिको च्याम्पियनसिपमा श्रीलङ्कालाई हराउँदै नेपालको विजयी शुरूवात

काठमाण्डौ – घरेलु टोली श्रीलङ्कालाई २–० गोलले हराउँदै नेपालले साफ १७ वर्ष मुनिको च्याम्पियनसिपमा विजयी शुरूवात गरेको छ ।  नेपालको जितमा दुबै गोल समिर कुमारले गरेका छन् । जितसँगै नेपालको सेमिफाइनल सम्भावना बलियो बनेको छ  ।

खेलको पहिलो हाफ गोल रहित बराबरीमा सकियो । ५२औं मिनेटमा नेपालले एक गोल गर्याे । नेपालले खेलको अन्तिममा फेरि गोल गर्याे ।

दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) को आयोजना भइरहेको च्याम्पियनसिपमा सदस्य सात देश सहभागी छन् । नेपाल, श्रीलङ्का र बङ्गलादेश समूह ‘ए’ मा छन् भने भारत पाकिस्तान, माल्दिभ्स र भुटान समूह ‘बी’ मा छन् ।

राउन्ड रोबिन लिगपछि समूहका शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् । गएको वर्ष बङ्गलादेशलाई २–० ले हराउँदै भारत छैटौं पटक च्याम्पियन बनेको थियो । प्रतियोगिताका सबै खेलहरू आउँदो असोज ११ गतेसम्म कोलम्बोको रेसकोर्स रङ्गशालामा हुनेछन् । चार पटक फाइनल खेलेको नेपालले अहिलेसम्म उपाधि जित्न सकेको छैन ।
 

प्रकाशित मिति: मंगलबार, भदौ ३१, २०८२  ०७:३२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update